
पाल्पा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको आदेशको अवज्ञा गर्ने लाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिई कारबाही सुरु गरेको छ ।
मंगरबार दिउसोदेखि चैत १८ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको भएपनि सोको पालना नगर्ने एम्बुलेनस सहित ५२ सवारीलाई नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुरुका दिनमा सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि पाल्पामा यात्रु बोकेको एम्बुलेन्ससहित अनुमतिबिना सञ्चालन भएका ५० बढी सवारीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पाल्पामा हासम्म एउटा यात्रुबोकेको एमबुलेनससहित ५० वटा मोटरसाईकल र दुईवटा ट्याक्टर अनुमनि बिना सञ्चालन भएको हुदाँ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।