कोरोनाको चौथो बिरामी धनगढीमा भेटिए

पाल्पा । नेपालमा कोरोना भाइरस संक्रमण भएका चौथो व्यक्ति भेटिएका छन । धनगढीको सेती अस्पतालमा उपचार गाईरहेका एक व्यक्तिमा कोरोनाको संक्रमण भेटिएसंगै नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या ४ पुगेको हो ।

गत चैत ११ गते दुबईबाट नेपाल आएका ३४ वर्षीय युवाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी उपत्यका बाहिर संक्रमणा देखिने पहिलाे व्यक्ति हुन ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्य एकजनाको उपचार पश्चात निको भएको छ भने अन्य दुई उपचारकै क्रममा रहेका छन ।

तपाईको प्रतिक्रिया