पाल्पा । शनिबार मात्रै नेपालमा काेरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य तथा जन्संख्या मन्त्रालयले जनाएको छ ।
कैलालीका दुइर्जना र कञ्चनपुरमा एकजना रहेका छन् । कञ्चनपुरकी बिरामी भने महिला रहेकी छन। उनि नेपालमै संक्रमित हुने पहिलाे व्यक्ति हुन् ।
संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो ।
यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए । जसमध्ये एकजनाकाे उपचार पश्चात घर फर्किएका छन भने ५ जनाकाे उपचार भइरहेकाे स्वास्थय मन्त्रालयले जनाएकाे छ ।