पाल्पा। विश्वभर महामारीका रुपमा फैलिदै आएको कोरोना भाईरसका कारण नेपालमा सरकारले लकडाउन गरेको छ । तर पाल्पाका युवाहरुले लकडाउनको उल्लङ्घन गरी फिकनिक खान गएपछि उनीहरुमाथि प्रहरीले कारबाही अगाडि बढाएको छ ।

जिल्लाको बगनासकाली गाउँपालिका ८, बराङ्दीस्थित शिद्धबाबा मन्दिर नजिकै पिकनिक खाएको जानकारी पाएसंगै  प्रहरीले उक्त समूहमाथि छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले सुराखीका आधारमा छापा मारेसंगै युवाहरु खाद्यान्न र जिन्सी सामाग्री छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पिकनिक खाने समूहले छाडेर गएको बोइलर कुखुरा, वियर, मसला, चिउरा, खेल सामग्री, पकाउने भाडो समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले लु ४१ प ५६९६ नम्बरको एफ जेट मोटरसाइकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार रहेका समुहको खोजी तथा थप हनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया