पाल्पा । पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचाररत महिलाको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

एकसाता अघि सुत्केरी भएकी बगनासकाली ८ की २३ वर्षीय महिलाको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

तानसेनस्थित युनाईटेड मिसन अस्पतालको आइसोलेसन कक्षमा उपचाररत महिलामा ज्वरो आउने तथा रुघाखोकी जस्ता लक्ष्यण देखिएपछि कोरोना आशंकामा स्वाब परिक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।

केहीदिन अघि उहाको श्रीमान दुवईदेखि आएको र श्रीमतीमा लक्ष्यण दखिएपछि जिल्लाबासीमा त्रास फैलिएको थियो ।

शुक्रबार उहाँको नतिजा नेगेटिभ आएसंगै उहाँको स्वाबको नतिजा नेगेटिभ आएसंगै जिल्लाबासी ढुक्क भएका छन ।

यससंगै पाल्पाबाट हालसम्म ८ जनाको स्वाब परिक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया