नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३० पुग्यो

काठमान्डौं । नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण देखा परेको छ । शुक्रबार उदयपुरको एक मस्जिदमा लुकेर बसेको अवस्थामा १२ जना र चितवनका २ जना गरी १४ जना कारेोना संक्रमणकोपुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले १४ जनामा कोरेना संक्रमण थपिएको जानकारी दिए । उदयपुरको एक मस्जिदमा भेटिएका १२ जनामध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ ।

चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ । बेलायतबाट एक महिनाअघि नेपाल फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भएर घर फर्किएकी छन् ।

तपाईको प्रतिक्रिया