
काठमान्डौं । नेपालमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार थप एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएसंग संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले फेसबुक पेजमा केहीबेरअघि थप एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको विवरण अपडेट गराएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण हुनेमा ६५ वर्षीय पुरुष रहेका छन् । यसअघि हिजोमात्र १४ जनामा नयाँ संक्रमण देखिएको थियो । संक्रमित मध्ये दुईजना भने पूर्ण रुपमा निको भएर घर फर्किएका छन ।