नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४७ पुग्याे

पाल्पा ।कोरोना भाईरसको संक्रमणबाट आज थप २ जना संक्रमित भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए  ।

संक्रमित हुनेमा उदयपुरका ५५ वर्षिय तथा जनकपुरका १४ वर्षिय पुरुष छन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परिक्षणकोक्रममा नतिजा पोजिटिभ पाईएको थियो ।

नेपालमा अब संक्रमित हुनेहरुको संख्या ४७ पुगेको छ । यसैगरी संक्रमित भई पाटन अस्पतालमा उपचार गराईरहेका काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेण्टका निवासी ५८ वर्षिय पुरुषतथा ८१ वर्षिया महिला कोरोना भाईरस मुक्त भई घर फर्केका छन् ।

यसरी नेपालमा कोरोना भाईरसबाट निको हुनेको संख्या ९ पुगेको छ ।  नेपालमा हालसम्म ४३ हजार ७ सय २२ जनाको कोरोना भाईरस सम्बन्धि परीक्षण भैसकेको छ ।

हाल नेपालमा १० हजार ५ सय ७३ जना क्वारेण्टाईनमा तथा ८६ जना आईसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया