
काठमान्डाैं । भोजपुरका एकजना पुरूषमा पनि काेराेना भाइरसकाे संक्रमण भेटिएका छ । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।
उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयकाे फेसबुक पेजमार्फत थप एक जना पुरूषमा काेराेना पुष्टी भएकाे मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन ।
यससंगै नेपालमा बिहिबार मात्र ३ जना नयाँ संक्रमित थपिएका छन भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । जसमध्ये १० जना निकाे भएर घर फर्केका छन ।