वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ।

बुधबार एकैदिन थप १७ जना कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ९९ पुगेको हो। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा वीरगञ्जका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। बीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ।

संक्रमित मध्ये २२ जना उपचारपछि निको भएका छन्।

तपाईको प्रतिक्रिया