
काठमाडौं। कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेको छ। आजसम्म आउँदा हामीले ४५ दिन लामो लकडाउन झेलिसकेका छौं। अझै १० दिन लकडाउन झेल्नुपर्नेछ। त्यसपछि पनि लकडाउन कति लम्बिन्छ कुनै टुंगो छैन्।
लकडाउनले हरेक क्षेत्र प्रभावित छ। दैनिक म्याला मजदुरी गर्ने मजदुर लकडाउनको बढी मारमा छन्।
यसैक्रममा तानसेन गुठी काठमाडौंले दैनिक ज्याला मजदुरी गरि जिवनयापन गर्दै आएका मजदुर परिवारलाई राहत वितरण गरेको छ। गुठीले बिहीबार तानसेन ५ कैलाशनगरका १६ मजदुर परिवारलाई चामल, दाल, नुन र तेल विरण गरेको स्थानीयबासी एवं पत्रकार राजेन्द्र लिगलले जानकारी दिए।
सो अवसरमा वडाध्यक्ष राम बहादुर राववले आफ्नो वडाका पीडित मजदुर परिवारलाई राहत वितरण गरेकोमा गुठीलाई धन्यवाद दिएका थिए। तानसेन गुठी काठमाडौंले यसअघि पनि तानसेन नगरपालिकाको राहत कोषमा एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।