
पाल्पा । बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र दुवै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ। तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।