उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं। उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। त्यस्तै हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer