काठमाडौं। नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

यो पढनुहोस् :

कपिलवस्तुमा थप १० जनामा देखियो कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १ सय २० पुग्यो

तपाईको प्रतिक्रिया