पाल्पामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

पाल्पा। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले भोली अर्थात शनिबार जिल्लाभर विद्युत सेवा अवरुद्ध गर्ने जनाएको छ ।

केन्द्रले एक विज्ञप्ती जारी गर्दै शनिबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा पूर्ण रुपमा बन्द गर्ने जनाएको हो ।

केन्द्रले पाल्पा वितरण अन्तरगतको ३३ केभि मुख्य लाईनको चौराहादेखि बतासेडाडा सव स्टेसनसम्म बुस कटिङ्ग तथा लाईन पेट्रोलिङ्ग गर्न लागिएको पाल्पा वितरण केन्द्रले जनाएको छ ।

लकडाउनको समयमा दिनभर विद्युत सेवा अवरुद्ध हुँदा ग्रहाक वर्गमा पर्ने असरलाई मध्यनजर गरि समयावधी अगाबै काम सक्कोगरि कार्य गर्ने समेत केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया