
पाल्पा। नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
दाङमा भने आजमात्र संक्रमित भेटिएका हुन् । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
नयाँ थपिएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।