
पाल्पा । साेमबार बेलुका थप १८ जना कोरोना भाइरसका संक्रमण देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वँस्थ्य प्रयोगशाला काठमाडौं, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा नयाँ संक्रमण देखिएको जनाएकाे छ ।
धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नैनरापुर निवासी १२ जना पुरुष, दैलेख आठविसकोट निवसी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष, झापा निवासी १ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यससंगै नेपालका सबै प्रदेशमा काेराेना संकमण देखा परेकाे छ । यससंगै नेपालमा जम्मा संक्रमितकाे संख्या ३७५ पुगेकाे छ ।