पाल्पाका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री

सुमन गैरे

पाल्पा। बगनासकाली पत्रकार समुहले (कोभिड १९)को संक्रमणबाट जोगिन जिल्लामा क्रियाशिल पत्रकारहरुलाई आधारभूत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ।

बगनासकाली गाउँपालिकाको सहयोगमा पत्रकार समुहले मंगलबार जिल्लाका क्रियाशिल पत्रकारहरुलाई एन ९५ मास्क, सेनेटाइजर र ग्लोब्स उपलब्ध गराएको हो।

कोरोना भाइरस संक्रमणको जोखिमकाबीच पनि पत्रकारहरु समाचार संकलनमा खटिनुपर्ने भएकाले गाउँपालिकाले पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि सानो सहयोग गरेको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए।

समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि सचेत रहन आधारभूत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको पत्रकार समुहका अध्यक्ष दिपक ढुंगानाले बताए।

मंगलबार दोस्रो चरणमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो। यसअघि गाउँपालिका भित्रका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो। पहिलो र दोस्रो चरणमा गरि ४० बढी पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको बगनासकाली पत्रकार समुहले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer