बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। बुधबार नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटामा ५ जना, बाँकेमा ६ जना, कपिलवस्तुमा १३ जना र नवलपरासीमा १ जनामा संक्रमण देखिएको हो।

बुधबार संक्रमण पुष्टि भएकाहरु ३ देखि ४८ वर्ष उमेरका छन्। जसमा १८ पुरुष र ७ महिला छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ। जसमा ३ सय ५८ जना पुरुष र ७९ जना महिला छन्।

तपाईको प्रतिक्रिया