
पाल्पा । गणतन्त्र दिवसको अवसर पारेर तानसेन नगरपालिका ५ को कैलाश टोल विकास संस्थाले कोरोना भाइरसका कारण दैनिकी चलाउन समस्या भएका परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना भाईरसका कारण जारी लकडाउनले काम गर्न नपाएका कैलाशनगरका १५ परिवारलाई गणतन्त्र दिवसको अवसर पारेर राहत उपलब्त्र गराएको कैलाश टोल विकासकी अध्यक्ष इच्छा लिगलले बताईन् ।
उनीहरुलाई राहत सामाग्री स्वरुप चाम, तेल, आलु तथा हरियो तरकारी समेत वितरण गरिएको कैलाशनगरका स्थानीय एंव पत्रकार राजेन्द्र लिगलले बताए ।
कार्यक्रम संस्थाका सचीव मालती पौडेलको सामाजिक दुरी कायम तानसेन ५ कैलाशनगरमा सम्पन्न भएको थियो ।