काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसपछि १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने मन्त्रिपरिषदले निर्णय गरेको हो।

यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुने वा उही रहने जानकारी दिईएको छैन्।

तपाईको प्रतिक्रिया