
सुमन गैरे
पाल्पा । नेपाली सेनाले विश्व वाताारणको अवसर पारेर वृक्षारोपण गरेको छ । नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले सेन माध्यमिक विद्यालय परिसरमा शुक्रबार विहान नौ प्रकारका फलफूलका विरुवा रोपेको हो।
विश्व वातावरण दिवसका अवसरमा एक सिपाही एक विरुवा अभियान स्वरुप सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले बताए।
सेनाले आफनै नर्सरीमा फलफुलका विरुवा उत्पादन समेत गर्दै आएको छ। सेना माविका अध्यक्ष कृष्ण अधिकारीले विद्यालयमा सेनाले रापिएका विरुवा आफूहरुले संरक्षण गर्ने बताए ।
अहिले रोपिएका विरुवालाई हुर्काउनका लागि विद्यालय सक्रिय हुने र सेनाको सहयोग सधै आवश्यक रहेको बताए उनले बताए ।
सेनाले अन्य समयमा पनि वातावरण संरक्षण तथा सरसफाईमा सक्रिय रुपमा काम गर्दै आएको छ ।