पाल्पामा १२ नयाँ थपिए, २२ कोरोना संक्रमण

पाल्पामा १२ नयाँ थपिए, २२ कोरोना संक्रमण
पाल्पा; पाल्पाको माथागढी गाउँपालिकाको बहादुरपुरमा १२ जनामा कोरोना संक्रमण थपिएका छन् । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । बुधबार माथागढी गाउँपालिका ८ बहादुरपुरको क्वारेन्टाइनमा रहेका ११ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

केही दिन पहिले सोही क्वारेनटाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्रयाक ट्रेसिङको आधारमा २२ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए ।

उनीहरुको प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गरिएको थियो । संक्रमित १२ जनालाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । पाल्पामा यसअघि १० जनामा कोरोना संक्रमण भएकोमा १ जनाको मृत्यु भएको र ७ जना तानसेन र २ जना रामपुरको आइसोलेसनमा उपचाररत छन्।

पछिल्लो समयमा २ हजार २ सय बढी नागरिक भारतबाट पाल्पा भित्रिएका छन । पाल्पामा हालसम्म ३ सय ५० भन्दा बढीको पीसीआरका लागि स्वाब संकलन भएको छ भने स्थानीय तहले आरडीटी परीक्षण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया