मैदिया हुँदै छहरा सडकको स्तरोन्ति हुँदै

पाल्पा : हार्थोक–छहरा सडक खण्डको मैदिया हुँदै छहरासम्म सडकको स्तरोन्ति गर्ने काम हुँदै गएको छ । रैनादेवी छहरा गाउँपालिकाको मैदिया धहपानी, भालुखान, कटौजेपानी, अम्लाबाससम्म सडक स्तरोन्ति गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयो ।

पाल्पा निर्वाचन क्षेत्र २ का साँसद सोम प्रसाद पाण्डेयको पूर्वाधर विकास कार्यक्रम अन्तरगत पचास लाख बजेटबाट सडको स्तरोन्तिको काम भइरहेको हो । हाल ठुलोपोखरी नजिकै बक्स कटिङग काम भइरहेको र अम्लाबाँसदेखि छहरासम्मका लागि सडक फराकिलो बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

घुम्तीमा ८ मिटरसम्म सडक फराकिलो हुने गरी काम भइरहेको छ । सामान्यतय ५ मिटरसम्म सडक खनेर चौडाई गरी ८ मिटरको सडक बनाउने गरी काम भइरहेको इञ्जिनियर किशोर खनालले बताउनुभयो । तानसेन, हार्थोक, रैनादेवी छहरा गाउँपालिकाको सुगुरेढुङ्गा हुँदै अर्घाखाँची र रुपन्देही जिल्लाको सालझण्डी प्रवेश गर्ने सडक हो ।

रैनादेवी छहरा गाउँपालिका ५ ठुलोपोखरीहुँदै अम्लाबाससम्म टेण्डर प्रक्रिया र अम्लाबाँस हुँदै छहरासम्मको काम उपसोक्ता समितिबाट अगाडि बढाएको छ । ठुलोपोखरी सडकमा अजय कन्ट्रस्नबाट काम भइरहेको र छहराका मानबहादुर थामीको नेतृृत्वमा छहरासम्मको काम भइरहेको इञ्जिनियर खनालले बताउनुभयो ।

यसैबीच पूर्वाधार विकास कार्यक्रम अन्तरगत रैनादेवी छहरको धजाबान्ने हुँदै सोमादीसम्म सडक स्तरोन्तिको काम पुरा भएको छ । डेढ देखि ३ मिटरसम्म सडकको चौडाई थप फराकिलो बनाउन काम सम्पन्न भएको छ । मोहरे मनभगसम्म नयाँ सडक खोल्ने काम चलिरहेको छ । दुवै सडक निर्माणका लागि दशदश लाख बजेट रहेको छ ।

पाल्पाका निर्वाचन क्षेत्र नम्वर २ का साँसद सोम प्रसाद पाण्डेयले पाल्पा हार्थोक छहरा सडकको स्तरोन्तिले यातायातका साधन सञ्चालनमा सहज हुने बताउनुभयो । पश्चिम पाल्पाका अधिकाँस स्थानलाई समेटेर अर्घाखाँची रुपन्देही जिल्लाको सालझण्डी निस्किने सडक हो ।

तपाईको प्रतिक्रिया