
पाल्पा । पाल्पाका युवाहरुले कोराना नियन्त्रणका लागि सरकारलाई दबाब स्वरुप स्वतस्फुर्त रुपमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।
विभिन्न प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडी विहान १० बजेदेखि दुईघण्टा सामाजिक दूरी कायम राखेर २ सयबढीको संख्यामा युवाहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय भारतबाट नागरिकहरु जिल्लामा भित्रिने क्रम बढेको भएपनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेर आरडिटी परीक्षण गरेर घर जाने गरेकोमा उनीहरुले सबैको पिसिआर परीक्षण गरि आरडिटीलाई बन गर्न तथा क्वारेन्टाईनको व्यवस्थापन गर्नका लागि प्लेकार्डमार्फत ध्यानाकर्षष गराएको समुहका सदस्य विपिन क्षेष्ठले जानकारी दिए ।
आरुडिटी होइन पिसिआर परीक्षण गर, हामीलाई पिसिआर चाहियो, क्वारेनटाईन व्यवस्थापनमा ध्यान पुगोस, पाल्पालीहरु अब चुप नबसौ भन्ने जस्ता नाराबोकेका प्लेकार्ड सहित प्रर्दशन गरेर मौन तरिकाले सरकारलाई ध्यानाकर्षण गराएको अभियानका युवाहरुले बताएका छन ।
युवाहरुको प्रर्दशनलाई मध्यनजर गरेर सदरमुकाममा सुरक्षा व्यवस्था समेत कडा बनाईएको थियो ।