रैनादेवीको बजेटमा ६० करोड ४९ लाख

पाल्पा – रैनादेवी छहरा गाउँपालिकाको सातौं गाउँसभाले आर्थिक वर्ष २०७७।०७८ का लागि ६० करोड ४९ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
आगामी वर्षमा कृषि पुशपालन, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलाई विशेष प्राथमिकताका साथ बजेटक व्यवस्था गरिएको छ । अगामी वर्ष उज्यालो रैनादेवी छहरा, खरका छाना रहित गाउँपालिका बनाउने गरी बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयो ।
यसै बीच रम्भा गाउँपालिकाको कुल बजेट ४५ करोड ३९ लाख २६ हजार ९१२ रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि पशुपालन, स्वास्थ्य, शिक्षा र खानेपानी र पर्यटनलाई विशेष प्राथमिकता राखी बजेट ल्याएको अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो ।
आगामी वर्ष कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर फर्केकाहरुलाई कृषि तथा पशुपालनलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । कृषि र पशुपालन गर्नेलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध, फलफूलमा युबा, कृषि एम्बुलेन्स मार्फत कृषि उत्पादनलाई बजारीकरण, शित भन्डार निर्माण गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया