
तिनाउ गाउँपालिका वडा नं २ को विनियोजित वजेट र दोभान स्वास्थ चौकी र सुआहारा कार्यक्रमको संयोजनमा नवजात शिशु स्वागत कार्यक्रम सम्पन्न भयो ।
यो वर्ष तिनाउ २ मा साउन देखि जन्मिएका ४८ जना शिशु र आमालाई स्वागत तथा सम्मान गरियो । वडा नं २ को १ लाख बजेटबाट झुल, हर्लिक्स, वालविटा र लिटो लगायत सामग्री वितरण गरिएको थियो ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले वडा नं २ ले नौलो कार्यक्रम नवजात शिशु स्वागत कार्यक्रम आयोजना गरि बच्चा र आमालाई सम्मान गरेको बताउनुभयो।
तिनाउका स्वास्थ्य संयोजक कृष्ण कार्कीले आमाहरुले भविष्यका कर्णधार आफ्ना नानीहरुको स्वास्थ्य सरसफाइ लगायत खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
दोभान स्वास्थ्य चौकीका ईन्चाज ठाकुर जि सी को स्वागत र सुहाआराका मनका काउछाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।