पाल्पामा १९ गते सम्मका लागि निषेधाज्ञा, यस्ता छन निर्णयहरु

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको दोस्रो चरणको निषेधाज्ञाको समयावधी आज राती सकिने भएपछि पुनः थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन सिमतीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप एक साताका लागि निषेधाज्ञा आदेश गरेको हो ।

बैठकले निषेधाज्ञाअवधीभरका लागि सार्वजनिक तथा निजी सवारी बाहेकका एम्बुलेन्स, शववहान, खाद्य सामाग्री, औषधी, दाना, पानी, दुध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन तथा, झण्डाबहाक र कुटनीतिक नियोगका सवारी सुचारी गर्ने निर्णय गरेको छ ।

सेवा संचालन तर्फभने, स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी एटिएम काउन्टर, हुलाक बाहेक सबै सरकारी सार्वजनिक बैंक तथा वित्तिय संस्थाका सेवासमेत बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै होटल रेष्टुरेन्ट, ब्युटी पार्लर, शैलुन, जीमखाना पूर्ण रुपमा बन्द रहेपनि, खाद्यान्न, फलफूल, तरकारी र दुध देरी पसल भने हरेक दिन हिान, ७ देखि ११ बजेसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साथै एम्बुलेन्स तथा खाद्यान्न ढुवानीका सवारीमा समेत मानिसहरु यात्रा गरेको पाईएपछि ती सवारीमा एम्बुलेन्स चालक बाहेक एकजना कुरुवा तथा ढुवानीका साधनमा चालक तथा सहचालक मात्र यात्रा गर्नुपर्ने र ती सवारीहरु गन्तव्यमा पुगेपछि मात्र रोकिनुपर्ने व्यवस्था  प्रशासनले गरेकाे छ ।

अन्य मानिसको हकमा अत्यावश्क काम बाहेक घरबाट बाहिर ननिस्कन तथा निस्कनै पर्ने अवस्थामा मास्कको प्रयोग गरेर मात्र बाहरि निस्कन पनि जिल्ला प्रशासनले आग्रह गरेको छ । हाल थप गरिएको निषेधाज्ञा आदेश आगामी भदौ १९ गते रताी १२ बजेसम्म लागू हुनेछ ।

तपाईको प्रतिक्रिया