पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ ।
नेपाली सेनाको तानसेनस्थित गोरखदल गण, इन्जिनियरतर्फ कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, लगायतका टोलीले संयुक्त प्रदर्शन गरेका हुन् ।
भूकम्प तथा अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने तथा कस्ता सामाग्रीको प्रयोग गर्ने भन्ने विशेष प्रदर्शन गरिएको हो ।
भूकम्प लगायत अन्य विपद्का घटनामा संयुक्त रुपमा गरिने खोज तथा उद्दारले ठूलो मात्रामा हुन सक्ने धनजनको क्षतीलाई कम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए
।
तानसेनको टुडिखेलमा भएको अभ्यासमा तालिम प्राप्त सैनिक अधिकारीमार्फत भूकम्प पछिको खोज तथा उद्दारको विषयमा गरिएकको अभ्यास तथा प्रदर्शनीको अवलोकन गरेसंगै आम सर्वसाधारणले भूकम्पको समयमा कसरी सुरक्षित तरिकाबाट खोज तथा उद्दारमा सहभागी हुने भन्ने विषयमा जानकारी लिएका थिए ।