
पाल्पा । पाल्पामा भरूवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार बुधबार बिहान ३ बजे बन्दुक पड्किदा सारूको मृत्यु भाएको थियो ।
मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको र बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।