
पाल्पा। लायन्स क्लब अफ श्रीनगरले रैनादेवी छहरा गाउँपालिका–५, मुझुंगस्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।
कक्षा १ देखि ५ सम्मका एक सय पचास जनालाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लबका जिल्ला डेपुटीको अर्डिनेटर राजेन्द्र लिगलले बालबालिकालाई जाडोमा कपडा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
डिपार्टमेन्ट चिफहरु भेषराज सुबेदी, कृष्ण कार्र्की, खेम बहादुर सारुले लायन्स क्लबको बारे चर्चा गरे । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुतमान सिह कार्की स्थानीय समाजसेवी राम बहादुर कार्की लगायतले सहयाे गरेकाेमा लायन्स क्लवलाई धन्यवाद दिदै अागामी दिनमा समेत सहयाेगका लागि अपेक्षा राखेका थिए ।