पाल्पा । तानसेन नगरपालिकाले प्रत्येक वडामा एक किलोमिटर कालोपत्रे गर्ने भएको छ । तानसेन नगरपालिकाको आठौं नगरसभाबाट नगरका प्रत्येक वडाका एकएक किलोमिटर सडक कालोपत्रे गर्ने नीतिगत व्यवस्था गरेको नगरप्रमुख अशोक कुमार शाहीले बताए ।

आर्थिक वर्ष २०७७।०७८ को एक वडा एक किलोमिटर सडक कालोपत्रे गर्ने बहुबर्षिय कार्यक्रम रहेको छ ।

कालोपत्रे गर्दा वडा कार्यालयसम्म सडक पहुँच विस्तार हुने नगरपालिकाको दावी छ । चालू आर्थिक वर्षदेखि नै कालोपत्रेको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया