पाल्पा । सिद्धार्थ राजमार्गमा अन्तरगत बगनासकालीको मंगलचोकमा जीप र विपरित दिशा जादै गरेको मोटरसाइकल आपसमा ठक्करबाट दुई जना घाइते भएका छन ।

मोटरसाइकल चालक जिल्ला पर्बत महाशिला गाउँपालिका १ होर्स्याङ्दी बस्ने बर्ष ४५ को राज बहादुर राना र सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका ४० की गंगा राना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निज घाईतहरुलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार दुवैको अवस्था सिरियस रहेको रहेको छ ।

आज विहान रामपुरबाट तानसेन तर्फ आउदै गरेको लु १ ज ४१७८ नंम्वरको जिप र बिपरित दिशाबाट जादै गरेको लु १७ प ५६२४ नंम्वरको मोटरसाइकल ठोकिएका थिए ।

जिप र जिप चालक नियन्त्रणमा लिएको उक्त सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको दावी छ ।

तपाईको प्रतिक्रिया