
पाल्पा ।पाल्पा अस्पतालले कर्मचारी पदपूर्ति गर्ने क्रममा दादागिरी गरेको पाईएको छ ।
लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले पाल्पा अस्पताललाई १५ शैयाबाट ५० शैयाको बनाउन स्वीकृत दिएसंगै कर्मचारीको पदपूर्ति सुरु भएको भए पनि कर्मचारीको पदपूर्तिका लागि अस्पतालले मनोमानी गरेको हो ।
अस्पतालले ४० जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त दिएका परीक्षार्थीको छुट्टा छुट्टै प्रयोजनमा राजस्व संकलन गरे पनि एउटा मात्र पदमा परीक्षा लिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेट जगदीश कुवंरले मनोमानी रुपमा एक साताको विज्ञापन खुलाएर कर्मचारी पदपूर्ति गर्न क्रममा दोहोरो शूल्क उठाएको परीक्षार्थीहरुले गुनासो गरेका छन् ।
पहिलो चरणको परीक्षामा स्टार्फ नर्सतर्फ करारमा दुई जनाको पदपूर्तीका लागि ३७ जना तथा ओसिएमसी कार्यक्रमका लागि एक पदका लागि ८ जना परीक्षार्तीसंग दोहोरो शूल्क उठाए पनि एकतर्फ मात्र परीक्षा लिईएको छ ।
यस्तै अनमी तर्फ दुईवटा प्रयोजनमा ३४ र ३७ जनाको दरखास्त परेकोमा दोहोरो शूल्क तिरेका परिक्षार्थीले एकतर्फ मात्र परिक्षा दिन पाएका छन् । दाेहोरो शूल्क उठाएर एउटा मात्र पदमा परीक्षा लिएको विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई कुनै जानकारी नभएको अध्यक्ष नेत्र प्रसाद पाण्डेयले बताए ।
आफू कारोना संक्रमणका कारण अस्पतालमा उपस्थित हुन नसकेको समयमा प्रशासनबाट मनोमानी रुपमा भएका कार्यप्रति आफूलाई कुनै जानकारी नभएको अध्यक्ष पाण्डेले बताए ।
प्रशासनले भने समय अभावले गर्दा एकै दिन दुईमध्ये एउटा पदमा मात्र परिक्षा लिएको जनाएको छ । दोहोरो शूल्क उठाए पनि एकतर्फ मात्र परीक्षा लिएको अस्पतालका निमित्त मेसूले स्वीकरेका छन् ।
उता प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने दोहोरो शूल्क उठाएर एक पदमा मात्र परीक्षा लिन नपाईने बताएका छन् ।
योग्यता पुर्याएका आवेदकले दरखास्त दिए अनुसार सबै पदमा परीक्षा दिन पाउने प्रजिअ न्यौपानेले बताए । उनले अस्पताल प्रशासनले मनाेमानी रूपमा परीक्षा लिन नपाउने पनि बताए ।
बुधबार परीक्षा दिएका एक सय ६० बढी परीक्षार्थी मध्ये अधिकांशले दोहोरो शूल्क तिरे पनि एक पदमा मात्र परीक्षा दिएका छन् । आज लिईएको परीक्षाको परीक्षाफल समेत आजै प्रकाशन गर्ने तयारी अस्पताल प्रशासनले गरेको गरेको छ ।
यसरी सरकारी नियकामा भएको मनोमानीले गर्दा कर्मचारी छनोटमा समेत अस्पताल प्रशासानको मिलेमतो हुनसक्ने परीक्षार्थीले आरोप लगाएका छन् ।