पाल्पामा काँग्रेस नेताले विद्यालयलाई आर्थिक सहयोग

पाल्पा । नेपाली काङ्ग्रेस पाल्पाका सचिब अजयमान कर्माचार्यले तानसेनको देववाणी माध्यमिक विद्यालयलाई ५० हजार एक सय सहयोग गरेका छन् ।

उनले आफ्नो बुवा अदभुतराज कर्माचार्यको नाममा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो । पछिल्लो वर्ष पाल्पाकै नमुना विद्यालयका रुपमा यस विद्यालयले चर्चा पाएको छ ।

अधिकाँश आर्थिक रुपमा कमजोर समुदायका बालबालिका अध्ययन गर्छन ।गुणस्तरीय शिक्षाका कारण यस विद्यालयमा नीजि स्कुल छाडेर अध्ययन गर्नेहरु वर्षेनी बढ्दो रहेको विद्यालयको दावी छ ।

तपाईको प्रतिक्रिया