पहिलो दिनमा ६४ जिल्लाका ९०८४ जनाले कोरोना खोप लगाए

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप ९ हजार ८४ जना व्यक्तिलाई निःशूल्क रूपमा लगाइदिएको छ ।

खोप लगाउन सुरु भएको पहिलो दिन अर्थात बुधबार मात्रै ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गरेका कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोपलाई नेपाल सरकारले निःशूल्क रुपमा लगाउन सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया