पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार ३ वटा अस्पतालमाबाट खोप लगाउन सुरु गरेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले जानकारी दिए ।
खोप सुरु भएको पहिलो दिनमा जिल्लाको लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल रु युनाईटेड मिसन अस्पतालको खोप केन्द्रबाट २९ पुरुष तथा २१ महिला गरि ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
जसमध्ये ३१ जना स्वास्थ्यकर्मी, ४ जना एम्बुलेनस र शव वहान चालक तथा स्वास्थ्य संस्थाका अन्य कर्मचारी र सफाईकर्मी गरेर १५ जाले खोप लगाएको स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी ओप्रकाश पन्थीले जानकारी दिए ।
पहिलो चरणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी तथा अस्पतालमा काम गर्ने कर्मचारीलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
आजै सुरुवात गर्ने तयारी गरिएको रामपुर अस्पतालमा भने भोलीदेखि मात्रै खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लगाउनेहरुमा कुनै समस्या नदेखिएको हँदा निश्चिन्त भएर खोप कार्यक्रममा सहभागी हुन पनि स्वास्थय कार्यालयले जनाएको छ ।
पाल्पामा पहिलो चरणका लागि २३ सय जनालाई पुग्ने खोपको डोज प्राप्त भएकोले सोही अनुसार पहिलो डोज लागाएको चार हप्ता पछि पुनः खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारको निर्देशन अनुसार दोस्रो लक्षित समूहलाई तथा तेस्रो चरणमा १८ वर्ष पुरा भएका सबै नागरिकलाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।