सुमन गैरे
पाल्पा । पाल्पा जिल्लामा स्थानीय तहको निर्वाचन पश्चात गठित बगनासकाली पत्रकार समूहको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट दिपक ढुंगानाको संयोजकत्वमा ११ सदस्यिय कार्यसमिति गठन समेत गरेको छ ।
शुक्रबार भएको प्रथम अधिवेसनबाट नर्दथ समितिका संयोजक दीपक ढुंगानाको संयोजकत्वमा नयाँ समिति गठन भएको हो ।
गाउँपालिकाको हलमा भएको साधारण सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्थानीय तहको निर्वाचन पश्चात गठित पत्रकार समूहले पालिका भित्रका खबरलाई जनतासामू पुर्याउन खेलेको भूमिकाका महत्वपूर्ण रहेको बताए ।
उनले नयाँ समितिलाई थप कृयाशिल बनाएर गाउँपालिकाभित्रका सबै नागरिकको बोलीका रुपमा कलम चलाउन पनि पत्रकार समूहलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपप्रमुख सरस्वती चिदी, प्रवक्ता लक्ष्मी अधिकारी, लगायतका सहभागीहरुले बगनासकाली समूहले कोरोना महामारीका समयमा समेत पत्रकार साथिहरुले उल्लेख्य रुपमा काम गरेको हुँदा आगामी दिनमा समेत थप ससक्त रुपमा काम गर्न अनुरोध गरे ।
समितिको उपाध्यक्षमा भोजराज तिमिल्सेना, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी चयन भएका छन् । यस्तै सुमन गैरे, रन बहादुर कुमाल, दयाराज न्यौपाने, किरण रसाइली, गीता रेग्मी र तुल बहादुर गाहालाई सदस्यमा चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष ढुंगानाले नयाँ समितिमार्फत संस्थागत विकासका लागि आवधिक योजना निर्माण गरि गाउँपालिकाको विकास र जनजनका कुरालाई मिडियाका माध्ययमबाट सार्वजनिकीकरण गर्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा बगनासकाली पत्रकार समूहका सल्लाहकारहरु गोविन्द भट्टराई, झपेनद्र गहिरे, कमलरमज तिमिल्सिना र देव पचभैंयाले नव निर्वाचित समूहलाई बधाई दिनुका साथै आगामी दिनमा थप सृजनशिल भएर काम गर्न अनुरोध गरे ।
कार्यक्रममा बगनासकाली गाउँपालिका भित्रका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।