पाल्पा । पाल्पामा हालसम्म एक हजार ३१४ जनाले विरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा चार वटा खोप केन्द्रबाट पहिलो दिनमा ५० जना, दोस्रो दिनमा चार सय १५ जना, तेस्रो दिनमा ३ सय ९० जना तथा चौथो दिनमा ४ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
पहिलो चरणमा जिल्लाभरका करिब २३ सय अग्रमोर्चामा रहेर काम गर्ने व्यक्तिलाई खोप लगाईने र यही माघको २१ गतेभित्र सबैलाई पहिलो डोज खोप लगाउने सूचना अधिकारी पन्थीले बताए । चार हप्तापछि पुनः दोस्रो डोज खोप लगाउन सुरू गरिने स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।
हाल जिल्लाको पाल्पा अस्पतालमा रहेको खोप केन्द्रमा रिब्दीकोट र रैनादेवी गाउँपालिकासंगै पाल्पा अस्पताल, लायन्स लाकौल आखा अस्पताल तथा जिल्ला अयुर्वेद अस्पतालका स्वास्थयकर्मी, तथा अर्गमोर्चका गरि ४ सय ८७ जनाले खोप लगाउने छन् ।
यस्तै रामपुरकाे खोप केन्द्रमा रामपुर नगरपालिका, पूर्वखोला र निस्दी गाउँपालिका तथा रामपुर अस्पताल गरि ४ सय १० जनाले खोप लगाउने छन ।
युनाईटेड मिसन अस्पतालको खोप केन्द्रमा अस्पतालका स्वास्थ्यकर्मीसहित बगनासकाली र रम्भा गाउँपालिका गरि ५ सय ६८ जना तथा लुम्बिनी मेडिकल कलेजको खोप केन्द्रमा मेडिकल कलेजका स्वास्थ्कर्मीसहित तानसेन नगरपालिका, माथागढी र तिनाउ गाउँपालिकाका गरि ८ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।