पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं.४ का अध्यक्ष राजेन्द्रमुनि शाक्यको निधन भएको छ।
मृगाैंलाकाे समस्याका कारण बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत शाक्यकाे साेमबार उपचारका क्रममा निधन भएको परिवार श्रोतले जनाएको छ ।
६० वर्षीय शाक्यले लामो समयदेखि मृगाैलाको समस्याका कारण उपचार गराउदै आएका थिए ।
स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका शाक्य सुन चाँदी व्यावसायी संघका जिल्ला अध्यक्ष समेत रहेका थिए ।
वि.स.२०१७ माघ २३ गते जन्मिएका शाक्यको श्रीमती १ छोरा र १ छोरी रहेका छन् । शाक्यको शवलाई मंगलबार बौद्धिक परम्परा अनुसार दाहसस्कार गर्ने तयारी भएकाे वडा सदस्य गणेश थापाले जानकारी दिए ।