
पाल्पा। डिभिजन वन कार्यालय पाल्पाको विशेष पहलमा बल्ढेङ्गगढीबाट अवैद्य साल कटानी निकासी गर्दै गरेका ७ जना पुरुष पक्राउ परेका छन ।
पछिल्लो समय अवैद्य रुपमा सालका रुख काटानी भएको जानकारी आएपछि डिभिजन वन कार्यालय पाल्पाले बुधबार राती विशेष अप्रेसनका क्रममा रैनादेवी छहरा गाउँपालिका वडा नं। ७ बल्ढेङ्गगढीको ढावबाट ५ जना पुरुषलाई रंगेहात प्रकाउ गर्न सफल भएको हो ।
डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलला पोखरेलका अनुसार बल्ढेङ्गगढीका सहायक वन अधिकृत प्रदेशी चौधरीको कमान्डमा खटिएको टोलिले रातीको साडे एक बजे चन्द्राकार सामुदायिक वनको क्षेत्रमा अवैद्य रुपमा सालका रुख काट्दै गरेका रुपनदेही जिल्ला सैनामैना नगरपालिका ९ का ४३ वर्षीय मनीराम विश्वकर्मा, सोही स्थानका ३४ वर्षीय अजय मगर, ३५ वर्षीय गोवीन्द विश्वकर्मा, ३५ वर्षीय सम्भु विश्वकर्मा तथा ३३ वर्षीय दीपक विश्वकर्मालाई प्रकाउ गरेको छ ।
यस्तै अनुसनधानका क्रममा कटानी गरिएका सालको फर्निचरमार्फत विक्रि गर्दै आएका दुईजना फर्निचर उद्योगीलाई समेत पक्राउ गरिएको रेन्जर पोखरेलले बताए ।
पक्राउ पर्ने फर्निचर व्यावसायीमा सैनामैना नगरपालिकाका मान बहादुर सिरिष तथा भानुभक्त पाण्डेय रहेका छन् ।
पक्राउ परेका सातै जनालाई हाल जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको अदालतबाट म्याद थप गरि काकूनी प्रकया अनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनएको छ ।
गस्ती पेट्रोलिङ्गका क्रममा इजाजत विना कटान गरि चिरान गर्दै गरेको अवस्थामा ६९.५४ क्विफिट सालको गोलिया र चिरान काठ,आरा,बन्चरो र बन्दोबस्तीका सामानहरु समेत बरामद गरिएको छ ।
टाचा निशाना नलागेको काठ तथा निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
यसरी अवैद रुपमा काटिएका साललाई निजहरुले फर्निचर उद्योगमा निर्यात गर्ने तयारी रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको हुँदा उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाही गरिने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो केही दिन यता रामपुर तथा सोही स्थानका विभिन्न वनहरुमा समेत अवैद्य रुपमा सालका रुख कटानीको खबर आएपछि डिभिजन वन कार्यालय पाल्पाले रैनादेवी छहरा सव डिभिजन वन कार्यालय,तिनाउ सव डिभिजन वन कार्यालय,डिभिजन वन कार्यालय रुपन्देही,चिदिपानी सामुदायिक वन उपभोक्ता समूह र चन्द्राकार सामुदायिक वन उपभोक्ता समूह लगायतका सरोकारवाला निकायले रातीको समयमा गस्ती गरेको थिए ।