पाल्पा । पाल्पाकाे रामपुर नगरपालिका वडा नं. ८ मा शुक्रबार बेलुका भ्यान दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।

बेझाँडदेखि बर्दले तर्फ जाँदै गरेको लु १ ज ४३८३ नम्बरको भ्यान कालीगण्डकी करिडोर अन्तर्गत कुमराङ्गमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामपुर नगरपालिका ८ का ३० वर्वीय बसन्त थापा पुलामी, वडा नं. १० का २२ वर्षीय भुमीसरा सारु, वडा नं. ८ का ३५ वर्षीय सुकमायाँ हिताङ्ग, रामपुर १० का २८ वर्षीय मन कुमारी राना, सोही स्थानका ९ वर्षीय प्रिङ्का आले, ३२ वर्षीय निरमायाँ आले, ४७ वर्षीय कमला गाहा, ४३ वर्षीय टोपलीसरा पचभैया रहेका छन् ।

यस्तै भ्यानका चालक रामपुर ४ सदावर्तका ४३ वर्षीय सुर्य बहादुर कुमाल घाईते रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

चालक बाहेक अन्य ८ जना घाईतेलाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाईएको प्रहरीले जनाएको छ ।

चालकले मादक पदार्थ सेवन गरी भ्यान चलाएको हुँदा भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीकाे भनाई छ ।

भ्यान घुम्ती बाट झण्डै २ सय मिटर तल पुगेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया