
पाल्पा । सिद्धार्थराजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-३ पानीमिल नजिकै टिप्परले ठक्कर दिदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला कपिलबस्तु बाणगंगा ५ बस्ने बर्ष ३१ को संजय कुमार रौतार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।उनको अहिले मर्सीसिटी अस्पताल बुटवलमा उपचार भईरहेको र अबस्था गम्भीर रहेको सूअ पचभैयाँले बताए ।
सिद्धार्थ राजमार्गमा चुनढुङ्ला लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नंम्वरको टिप्परले बिपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नंम्वरको मोसालाई ठक्कर दिँदा मोसा चालक घाइते भएका थिए ।