पाल्पा । पाल्पा व्यापार संघको दोस्रो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः चिरञ्जीवी पोखरेल निर्वाचत भएका छन् ।

दोस्रो कार्यकालका लागि शुक्रबार तानसेनमा नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

संघका सर्वसम्मत निर्वाचित अध्यक्ष पोखरेल सहितका पदाधिकारीहरुलाई पदस्थापना तथा सपथ गराइएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले जानकारी दिए ।

सथप ग्रहण कार्यक्रमका प्रमुख अतिथि तानसेनका प्रमुख अशोक कुमार शाहीले व्यवसायी राजनीति गर्ने भन्दा पनि उपभोक्ताको हितको पक्षमा काम गर्न आग्रह गरे । उनले व्यापार संघले पर्यटन पर्वधन तथा जिल्लाको पहिचानसंग जोडिएका स्थलको विकासमा लाग्न संघलाई निर्देशन समेत दिएक छन् । पछिल्लो केही समय कोरोनाले समस्यामा परेको व्यापारिक क्षेत्र पुनः लयमा आएको बताए ।

उनले साच्चिकै समस्यामा परेका व्यापारीका लागि नगर सरकारले सधैव सहयोग गर्ने प्रतिवद्धता समेत जायर गरेका छन् । यस्तै संघका केन्द्रीय सदस्य टंक पोखरेलले व्यवसायीको हक र हितका पक्षमा व्यापार संघले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले रचनात्मक काम गर्न र जिल्लामा रहेका सम्भाव्यताको पक्षमा समेत काम गर्न व्यापारीहरुको ध्यान नपुगेको बताए ।

उनले जिल्लामा धेरै सम्भावना भएपनि पुरानै शैलीका कार्यक्रममा मात्रै रमाउने प्रवृतिको अन्त्य गरेर नयाँ र फरक खालका मेला महोत्सवमा लाग्न पनि नयाँ समितिलाई सुझाव दिए ।

नयाँ समिति विवरण

अधिवेशनले चिरञ्जीवी पोखरेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै प्रथम उपाध्यक्षमा थानेश्वर गैरे, दोस्रो उपाध्यक्षमा विष्णुबहादुर कार्की, सचिव पर्शुराम पौड्याल, कोषाध्यक्ष विष्णुप्रसाद खनाल र सहसचिव उमादेवी अर्याललाई निर्वाचित गरेको छ ।

सदस्यमा रुपा अधिकारी, नारायण बस्याल, रुक्मागत बस्याल, सितम भण्डारी, कमल ढकाल, कलाम अलिमिया, लक्ष्मण गौतम, सपना शाही निर्वाचित भएका छन् ।
त्यस्तै, बालकृष्ण भण्डारी, शोभाकर पोखरेल, हिमलाल पंगेनी, सन्तोष अर्याल, सावित्रा पाण्डेय, पुरुषोत्तम गैरे, गोविन्द खनाल, पशुपति बस्याल, युवराज श्रेष्ठ, खिमप्रसाद नेपाल, दानबहादुर कुँवर, महेश बराल, लक्ष्मण बराल सदस्यमा निर्वाचत भएका छन् ।

तपाईको प्रतिक्रिया