किसन पोखरेल
पाल्पा । तानसेनस्थित काजिपौवामा रहेको सृजनशिल अपाङ्ग सवलम्बन केन्द्रलाई सहयोग प्राप्त भएको छ ।
विभिन्न स्थानमा घर भई हाल तानसेनमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका युवाहरुको समूहले फरक क्षमता भएक समूहलाई नगत तथा खाद्यान्न सहयोग गरेका हुन् ।
४३ जनाको समूहले २९ हजार २ सय रुपैया बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको समूहका सदस्य हरी अर्यालले बताए ।
उनीहरुले सृजनशिल अपाङ्ग सवलम्बन केन्द्रमा बस्दै आएका ५७ जना विद्यार्थीका पठनपाठन तथा दैनिकी चलाउन केही केही सहज होस भनेर नगद सहयोग गरिएको समूहको अर्का सदस्य प्रदीप खनालले बताए ।
आफ्नो दैनिक आचम्दानीबाट फजुल खर्च कटाएर समाजमा रहेर समस्याम परेका नागरिककलाई सहयोग गर्ने उद्देश्य अनुसार नगद सहयोग गरिएको उनीहरुले जनाएका छन् ।
उनीहरुले अन्य स्थानमा समेत सामाजिक उत्तरदायित्व पुरा गर्ने मनशायले सहयोग गर्दै आएका छन् ।