काठमाडौं ।पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात सम्भावना रहेकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै बाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेकाे साथै पश्चिमी वायुको प्रभाव साेमबार बेलुकासम्म कायम रहने विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ । अपराह्न देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ । मंङगलबारदेखि भने मौसम सफा हुनेछ ।