
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता सम्पन्न भएको छ ।
आजको परिस्थितिमा महिलाको भूमिका, चुनौती र अवसर विषयक वतृत्वकला प्रतियोगितामा रिब्दीकोट गाउँपालिका ८ की विष्णु खत्री, दोस्रो स्थानमा रिब्दीकोट गाउँपालिका ३ की विनु गौतम, तेस्रो स्थानमा ५ की विष्णु सुनार, भैरवस्थानकी मन्जु कार्की सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
प्रतियोगीतालाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी पाठकले महिलाहरु शसक्त रुपमा आवाज उठाउन आवश्यक रहेको बताइन ।
उनले समाजमा महिलाहरु अझै पछाडि परेको र सामाजिक हिंसा महिलाहरुमा हुँदै आएकोमा दुख व्यक्त गर्दे त्यसका विरुद्द आवाज उठाउनुपर्ने बताइन ।
गाउँपालिका प्रवक्ता विष्णु खनाले महिलाका उत्थानका लागि स्थानीय तहबाट कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।
उनले महिलाहरु आत्मनिर्भर हुँदासम्म परिवारमा खुसी नहुने भन्दै महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच विस्तार गर्नुपर्ने बताए ।