पेट्रोलियम पदार्थको मूल्य बढ्याे !

काठमान्डाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । बढेकाे मूल्यसंगै पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको निगमले जनाएकाे छ ।

यस्तै एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने उनले बताए ।

अर्धमासिक रूपमा  निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया