
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले बगनासकाली वडा नं. ३ का ५८ वर्षीय हीरा बहादुर सारुलाई तीन थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
सारुले आफ्नै घरमै लुकाएर राखेको अवस्थामा तीन थान भरुवा बन्दुकसहित सारुलाई शनिबार पक्राउ परेको हो ।
नायरस्थित तल्लो सिन्चास घर भएका सारुले लुकाएर भरुवा बन्दुक राखेको जानकारीका आधरमा छापा मार्दा एक नाले बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
निजलाई नियन्तण लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।