पाल्पा । दलित अधिकारका लागि साझा अभियान पाल्पाको आयोजना दलित समुदायको मुद्धा र स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

५६ औं अन्तराष्टिय जातीभेद उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले गर्दै जातीय छुवाछूत सामाजिक कलंकको रुपमा रहेको बताए ।

उनले छुवाछूत लगायतका सामाजिक समस्या हल गाउँपालिका तयार रहेको र सोही अनुसार गाउँपालिकाले कार्यक्रम ल्याएको बताए । अध्यक्ष जीले दलितका लागि आयआर्जनका कार्यक्रम समेत गाउँपालिकाले ल्याएको बताए । अभियानका अध्यक्ष विष्णु बम्रेलले दलित माथि जातीयताकै आधारमा समेत विभेदजन्य कदम अझै नरोकिएकोले यस्ता खालका समस्या फेरी दोहिरिन नहुने बताए । दलितका समस्या समधानमा राज्य सम्वेदनशिल हुन नसकेको दलितमाथिका घटना बढेको बताए ।

कार्यक्रममा नेकपा रिब्दीकोटका अध्यक्ष चिरन्जीवी पोखरेल, नेपाली काग्रेसका रामचन्द्र नेपाल,गाउँपालिका प्रवक्ता विष्णु खनालले दलित समस्या समधान गर्न आफुहरु सधै तयार रहेकोले दलित अधिकार प्राप्तिको आन्दोलनमा सधै सहयोग रहने बताए । कार्यक्रममा अभियानका संस्थापक अध्यक्ष तीर्थ गौतम, दलित अधिकारकर्मी ठाकुर लोहागुन, लक्ष्मण हितांग,कृष्ण दर्नाल लगायतले संविधानमा दलितका हकको व्यवस्था गरेपनि व्यवहारिक रुपमा अन्त्य हुन नसकेको बताए ।

माथागढी गाउँकार्यपालिका सदस्य तारा रसाली, रैनादेवी छहराकी गाउँकार्यपालिका सदस्य शुक्रमाया विश्वकर्मा, रिब्दीकोट गाउँपालिका विद्यान समिति संयोजक गीता कौशल, विष्णुमाया बोहोरा र सम्मानित विनु गौतम लगायतले विभेद समाजमा कायम रहेको बताए ।

सो कार्यक्रममा दलित समुदायको उत्थानका लागि उल्लेखिय मात्रामा योगदान गर्ने रिब्दीकोृट गाउँपालिका, हार्थोकी विनु गौतम, र तानसेनका टुक बहादुर विश्वकर्मालाई सम्मान गरिएको छ ।गाउँपालिका अध्यक्ष र अभियानका अध्यक्षले सम्मानपत्र संयुक्त रुपमा हस्तान्तरण गरे । कार्यक्रम अभियानका पूर्व सचिव मिलन विश्वकर्मा र स्वागत उपाध्यक्ष दिनेश गन्र्धवले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया